शेरबहादुर राई
ओखलढुङ्गा - किरात राई वाम्बुले समुदायले आफ्नो महान चाड ढ्वाङकुम भव्यताका साथ मनाएका छन । हरेक वर्ष जनैपूर्णीको दिन मनाइने ढ्वाङकुम चाँड वाम्बुले राईहरूको बाहुल्यता भएको गाउँहरूमा भव्यताका साथ मनाएका हुन । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको उँबु, उदयपुर, वाक्सा लगायतका क्षेत्रका वाम्बुले राईहरूले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन । उभौलीपर्वको समापनका रूपमा पनि ढ्वाङकुम पर्वलाई लिने गरिन्छ । वाम्बुलेहरुको उद्गम थलो मानिने मानेभन्ज्याङ गाउँपालिका–३ उँबुको ढ्वाङकुमटारमा सामूहिक रूपमा लिब्जुको पूजाआजा गर्दै सामूहिक रूपमा यो पर्व मनाउने चलन छ । पछि यो समुदायको जनसंख्या वृद्धि र बसाइसराइसँगै विभिन्न जिल्लामा मनाउने गरिएको छ ।
उदयपुर, सुनसरी, मोरङ, ललितपुरको सानो हात्तीवन लगायत जिल्लामा वाम्बुले समुदायले सामूहिक रूपमा पूजाआजा गर्दै नाचगान गरेर यो पर्व मनाएका छन् । प्रकृति पूजक वाम्बुलेहरुले पूजास्थलमा नयाँ अन्नबाली चढाउनाका साथै कागुनीको भात, कोदोको जाँड र राँगा भैँसीको मासु थुन्सेमा लगेर सामूहिक रूपमा पूजा गर्ने चलन रहेको राज्य लक्ष्मी माध्यमिक विद्यालय मानेभञ्ज्याङ गाउँपालिका ३ का स्थानीय माहाजित राईले बताउछन । बुलु, सिसी, ढ्वाङकुर्मो र काउर्मो गरी चारजना नाक्सो (पुजारी) हरुले फलाकेर पूजास्थानमा पूजा गरेपछि जाँड र कागुनीको भात प्रसाद बाँडेर खाने चलन रहेको राईको भनाइ छ । पूजास्थलमा नयाँ अन्नबालीका रूपमा मकै, काँक्राजस्ता फलफूल चढाउने गरिन्छ । यसरी पूजा गरेपछि वर्षभरि समुदायका सबैको स्वास्थ्य राम्रो हुने, शान्ति, समृद्धि हुने विश्वास यस समुदायले गर्छन ।
पूजाको अघिल्लो दिनदेखि पूजा हुने दिनसम्म दुई दिन बस्तीहरूमा खनजोत गर्न रोक लगाउने गरिन्छ । खेतीपातीको काम गर्न नपाइने हुँदा प्रायः सबै घरधुरीका सदस्यहरू एकै ठाउँ जम्मा भएर सँगिनी नाच्ने, गीत गाउने र प्रसाद खाने गर्छन् । यस सँगै वर्णालु, चाँगेस्थान लगायत जिल्लाको विभिन्न देवी देवालयमा जनैपूर्णीमाको अवसरमा मेला लाग्ने गरेको छ ।
स्रोत: गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





