दुबई - दुबईमा ३० औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवस विभिन्न जातिय खानपान, भेषभूषाहरुको प्रदर्शन, शुभकामना आदन प्रदान र मौलिक संस्कृति झल्काउँदै सम्पन्न भएको छ । विगतमाजस्तै यसपाली विश्व आदिवासी दिवसमा ११ वटा जातीय संस्थाको छाता संस्था नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले आयोजना गरेको हो ।
विक्रम लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावास अबुदावीका श्रम कन्सलर दीनबन्धु सुवेदी रहहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी, समाजसेवी र पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य आकर्षण जातीय साँस्कृतिक झाँकी प्रदर्शन, जातीय विभिन्न खानपानका परिकारको स्टल, जातीय भाषा, भेषभूषाहरुको स्टल र पौराणिक मौलिक बस्तुहरुको प्रदर्शन रहेको थियो ।
कार्यक्रममा स्थानीय कलाकारहरुको विविध साँगीतिक प्रस्तुति रहेको थियो । मिष्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत आयोजना गरिएको थियो । मिस इन्डिजिनियस युएई–२०२४ को ताजसहित उपाधी शेर्पा किदुक युएईका टासी डोल्मा शेर्पाले हात पारेकी थिइन । मिस्टर इन्डिजिनियस युएई –२०२४ उपाधी नेपाल मगरसंघ शाखा युएईका होम रजाली मगरले हात पारेका थिए ।
कार्यक्रममा आफ्नो जातीय संस्थासहित विविध क्षेत्रको कार्यमा उच्च योगदान दिएबापत सम्मान गरिएको थियो। नेवाः पुचः युएईको तर्फबाट यसपाली पुरुष तर्फ पुचःका निवर्तमान अध्यक्ष, प्रमुख सल्लाहकार एवम साँस्कृतिक संयोजक लक्ष्मण श्रेष्ठ र महिलातर्फ केन्द्रीय सदस्य एलिना श्रेष्ठ सम्मानित भएका थिए । कार्यक्रमको मिडिया पार्टनरमा फोनिज युएई र हाम्रो कुराकानी अनलाईन टिभी रहेको थियो ।
स्रोत: गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





