दृश्यमा निर्माणाधिन पदमार्ग देख्न सकिन्छ । हतुवागढी गाउँपालिकाको जोरआहाल, शङ्खामचुली र दिमालुङ जोड्ने पर्यटकीय पदमार्ग समुद्री सतहदेखि करिब १ हजार ८ सय ६५ मिटरको उचाइमा रहेको छ ।
तराईका जिल्लादेखि ६५ किलोमिटरको दुरीमा रहेको हतुवागढी क्षेत्र आवतजावतका लागि आवश्यक पक्की पुलहरु निर्माण हुन नसक्दा ओझेलमा परेको छ । पर्यटकलाई सहज ढङ्गको यातायात सुविधा व्यवस्था भएमा धनकुटाको भेडेटार र इलामको कन्याम बिर्साउन सक्छ । पर्यटन व्यवसायका लागि गाउँ छाडेका स्थानीय फर्किन सक्नेछन् । उही हतुवागढीमा निर्माणाधीन पदमार्ग दृश्यमा देख्न सक्छौँ ।
भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित हतुवागढी क्षेत्र किरातहरुले शासन गरेको ऐतिहासिक भुमिको रुपमा प्रसिद्ध छ । साबिकका रानीबास, होम्तङ, खैरङ, सिन्द्रङ, पात्लेपानी र हसनपुर ६ गाविस मिलेर अहिलेको हतुवागढी गाउँपालिका बनेको हो । हतुवागढी गाउँपालिकाले यही पदमार्गमा वृक्षरोपण गरेसँगै पालिका स्तरीय श्रमअभियानको आरम्भ गरेको हो ।
हतुवागढी गाउँपालिकाको १ करोड ३४ लाख रुपैयाँको लागतमा निर्माणाधिन पदमार्गको थप विकास र विस्तारका लागि गाउँपालिका र केन्द्र सरकारको साझेदारीमा १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
पदमार्ग बीच भाग अर्थात शङ्खामचुली डाँडामा तीन तले भ्युटावर निर्माण गरिएको छ । व्यवस्थित शौचालयसहितको उक्त भ्युटावर पुग्न मोटरबाटो समेत जोडिएको छ । पदमार्ग यात्रासँगै तराईका फाँट, विभिन्न मनोरम हिमश्रृङ्खला नियाल्न सकिन्छ ।
मौसम अनुसारका फूलहरु फुलिरहेका हुन्छन्, फूलेका गुराँस, फलेका काफल र आँखैमा हतुवा पदमार्ग अविस्मरणीय क्षण बन्नेछ । पदमार्ग निर्माण सम्पन्न भएसँगै आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोतको रूपमा जोड्न सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





