काठमाडाैँ । ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेको धर्तीकै पहिलो तीर्थ मानिने वराहक्षेत्रमा धरणीधर विवाह महोत्सवको तयारी थालिएको छ । धनुर्मास उत्सव अन्तर्गत श्रीधरणीधर विवाह महोत्वस गर्न लागिएको हो । स्थानीय गुरु योगेश भण्डारीको सत्सङ्कल्पमा विवाह महोत्वसवको तयारी थालिएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
भगवान् वराह र धरणीको बिचमा विवाह भएको खुसियालीमा स्मरण गर्दै धरणीधर विवाह उत्सव मनाउने तयारी सुरु गरिएको छ । यो उत्सव धनुर्मास उत्सव अन्तर्गत मनाइने गरिएको छ । विवाह उत्सवमा भगवान्को विशेष प्रकारको पूजा, आराधना, होम, पाठ, सत्सङ्ग र शोभायात्रा गरेर मनाइने तयारी थालिएको गुरु भण्डारीले बताए। विवाह महोत्सव अन्तर्गत पुस २१ गते पत्राचार तथा माला उत्सवमा गुप्तवराहको प्रवेशद्वारमा रहेको धरणी मन्दिरमा पाठ एवं मन्त्र जपसहित बेहुली पक्षबाट गरिने कार्य सम्पन्न गरिने छ ।
आगामी २२ गते धरणी मातालाई वराह मन्दिर पु(याएर १००८ घडा जलद्वारा भगवान्को मङ्गलस्नान गरिने छ । सोही दिन स्वयंवर, कन्यादान, सिन्दूर दान, जुवा खेलाउने कार्य विवाह उत्सवका लागि बन्नुभएको धर्मपिता माताद्वारा गरिने छ । सबै विधिद्वारा विवाह उत्सव शोभायात्रा गरेर यज्ञ समापन र प्रसाद वितरण गरिने जनाइएको छ ।
भगवान् विष्णुले श्रीवराहको अवतार धारण गरेर धरणीलाई शिरमा धारण गर्नुभएकाले उहाँलाई धरणीधर भनिएको गुरु योगेश भण्डारी बताउँछन् । उनि भन्छन्, “धरणी भनेको पृथ्वी (भूदेवी) र धरको अर्थ धारणा गर्नु (बोक्नु) भन्ने बुझिन्छ । गुरु भण्डारीका अनुसार उनै धरणीधर वराह भगवान् र धरणीको विवाह मोहत्सव गरिने छ । वराह भगवान् नारायण र धरणी महालक्ष्मीबिच विवाह महोत्सव गरिने भएको गुरु योगेश भण्डारी बताउनुहुन्छ । लीलाविग्रहमा पनि लक्ष्मीजीका साथमा नारायण, सीताजीका साथमा श्रीराम, राधाजीका साथमा श्रीकृष्ण, पद्मावतीका साथमा श्रीवैङ्कटेस, रङ्गनायकीका साथमा श्रीरङ्गनाथ भगवान् साथमा भए झै धरणीका साथमा सदासर्वदा भगवान् वराह र धरणी पतिपत्नी हुनुहुन्छ ।
तीन हजार वर्षअघिको इतिहास बोकेको वराहक्षेत्र मन्दिर हिन्दु धर्मका चार प्रमुख धाममध्ये एक धामका रूपमा वराहक्षेत्र मन्दिर रहेको छ । सप्तकोशी र कोका नदीको सङ्गमबाट करिब ३०० फिटमाथि मूल मन्दिर रहेको छ । वराह मन्दिर, गुरु वराह र कोकाहा वराहको मूर्ति तीन हजार वर्षभन्दा पुराना रहेका छन् । वराहक्षेत्र मन्दिरमा वराह मन्दिर, पाञ्चायन, लक्ष्मी, नागेश्वर, गुरुवराह, सूर्यवराह, कोकावराह, बद्री मुक्तेश्वर र इन्द्रवराहका मूर्ति रहेका छन् । प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार वराहक्षेत्र धाममा रहेको वराह भगवान् विष्णुका १० अवतारमध्ये तेस्रो अवतार हुन् । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान् वराहले जङ्गली जनावर बदेलका रूप धारण गरी संसारभरका प्राणीको रक्षा गरेर संसारलाई स्थायित्व दिएको हिन्दुशास्त्रमा उल्लेख रहेको छ ।
पौराणिक कथा अनुसार भगवान् वराह तथा वराहक्षेत्र धामलाई संसारको पहिलो धामका रूपमा व्याख्या गर्ने गरिएकोे छ । विष्णु भगवान्को सातौँ अवतारका रूपमा वराह अवतार भई डुब्न लागेको पृथ्वीलाई जोगाएको वराह पुराणमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





