काठमाडौं। कोदाली भेन्चर्स प्रालिले नेपाली बजारमा स्वास्थ्यवर्धक र प्राकृतिक खाद्य उत्पादनहरू ल्याएको छ। नेपाली महिलाहरुले मात्र सञ्चालन गरेको यो कम्पनीले नेपाली किसानहरूले पारम्परिक रूपमा खेती गर्ने कोदो, फापर, चिनो, कागुनो, मुङ् दाल, भटमास जस्ता रैथाने अन्नहरूमा आधारित उत्पादनहरू विकास गरेको छ। यी उत्पादनहरूमा कुनै रसायनिक प्रसोधन वा संरक्षक प्रयोग नगरिएकाले यी मानव स्वास्थ्यका लागि लाभदायक रहेको कम्पनीले बताएको छ ।
फापर फ्लेक्सस् : यो टुसा उमारेको फापरबाट बनेको सुपरफुड हो जसले सुगर लेभल नियन्त्रण गर्न मद्दत गर्छ। यो कम प्रसोधित खाद्य पदार्थ हो र पौष्टिक आहार चाहनेहरूका लागि उपयुक्त छ।
भिगन प्रोस् : यो टुसा उमारिएको मूङ्, तिल र जडिबुटिहरूबाट बनेको २५५ प्रोटिन युक्त पीठो हो। यसलाई बारा, सूप, वा आँटाको पीठोमा मिसाएर सुख्खा रोटी बनाउन सकिन्छ। यो स्वस्थ जीवनशैली चाहने परिवारका लागि प्रोटिनको उत्तम स्रोत हो।
माइ चोइसस् : यो टुसा उमारिएको कोदो, फापर, सूर्यमुखी, कोका र गुडबाट बनेको स्वस्थ पेय पदार्थ हो। यसले बच्चाहरूलाई रैथाने खाद्यवस्तु खाने बानी बसाउन मद्दत गर्छ र उनीहरूको पौष्टिक आवश्यकताको पूर्ति गर्छ।
प्यानकेक : मिठ्ठो गिले रोटी - यो अंकुरित अन्नहरू जस्तै जौँ, फापर, कागुनो, आलस र गुडबाट बनेको पीठो हो। यो रसायनरहित उत्पादन हो र ओमेगा - ३ जस्ता पोषक तत्वले भरपूर छ, जुन स्वस्थ मुटु र मस्तिष्कका लागि आवश्यक छ।
कोदाली भेन्चर्सले आफ्ना उत्पादनहरूमा कुनै रसायन प्रयोग नगरी प्राकृतिक विधिबाट उत्पादन गर्छ। यसले नेपाली उपभोक्ताहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखेको छ। साथै, यसले नेपाली उत्पादनहरूमा नै अधिकतम पौष्टिक तत्व हुने गरी उत्पादन गरेकाले यसले नेपाली खाद्य संस्कृतिलाई पनि बढावा दिइरहेको छ।
भविष्यमा, कोदाली भेन्चर्सले विश्व बजारमा नेपाली पहिचानसहित आफ्ना उत्पादनहरू विस्तार गर्ने योजना बनाएको छ। यसले नेपाली महिलाहरूको उद्यमशीलता र नेतृत्वलाई प्रोत्साहन दिइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





