वराहक्षेत्र । नेपालबाट लोप भएको भनिएको खैरो झाडीफिस्टो चरा पुनः नेपालमै फेला परेको छ । १९ औँ शताब्दीको अभिलेखबाहेक त्यसयता नदेखिएको झाडीफिस्टो चरा पछिल्लो समय चितवनको दिव्यनगरमा भेटिएको हो ।
नेपालबाट लोप भएको सूचीमा राखिएको झाडीफिस्टो चरा भेटिएसँगै लोप भएको सूचिबाट हटाइएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले बताए । उनका अनुसार खैरो झाडीफिस्टो चरा नेपालबाटै लोप भएको आशङ्का गरिएको थियो ।
चितवनको भरतपुर महानगरपालिका स्थित दिव्यनगरको खेतबारीमा चराविद् प्रताप गुरुङले झाडीफिस्टो चराको अभिलेख गरेका छन् । चराविद् गुरुङले गत मङ्सिर २३ गते चरा अवलोकन गर्ने क्रममा दिउँसो १२ बजेर ९ मिनेटमा खैरो झाडीफिस्टो चराको अभिलेख गरेको नेपाल चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलले बताए । उनका अनुसार नेपालमा नौ सय प्रजातिका चरा रेकर्ड भएको छ ।
चराविद् गुरुङले अवलोकनको क्रममा नौलो लागेपछि उहाँले चराको तस्बिर खिचेर प्रारम्भिक पहिचान गर्नुभएको थियो । नौलो देखिएको चराको यकिन पुष्टयाँईका लागि गुरुङले नेपाल वर्ड रेकर्ड कमिटीमा विवरण र तस्बिर पठाएका थिए। प्राप्त विवरणको आधारमा अध्ययन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पन्छीविद्हरूको राय सुझाव प्राप्त भएपछि मात्रै खैरो झाडीफिस्टो चरा भेटिएको पुष्टि भएको नेपाल वर्ड रेकर्ड कमिटीले जनाएको छ ।
पाससेरफरमर वर्गको लोसुचुडे परिवारमा पर्ने यो चरा भुटान, चीन, भारत, म्यानमार, भियतनाम र थाइल्यान्डमा आवासीय रूपमा पाइने डाक्टर सुवेदीले बताए । नेपालमा १९ औ शताब्दीको अभिलेख बाहेक अहिलेसम्म यस चराको अभिलेख नरहेकाले यस चरालाई नेपालबाट लोप भएको सूचिमा राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





