साहारा लिम्बू
काठमाडाैं। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन) ले आइतबार फुङलिङमा आयोजना गरेको कार्यक्रममा कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत प्रमोद यादवले तथ्याङ्क सार्वजनिक गर्दै कञ्चनजङ्घा आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए । उनका अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा एक हजार ८५ जनाले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए । यस्तै, चालु आर्थिक वर्ष २०८१–८२ मा सातसय ७० पुरुष र चारसय ६३ महिला गरी एक हजार दुईसय ३३ जनाले कञ्चनजङ्घाको भ्रमण गरेका छन् ।
संरक्षण क्षेत्र कार्यालयले पर्यटकहरूबाट कुल २७ लाख ४० हजार ८ सय २४ रुपियाँ राजस्व असुली गरेको छ । पर्यटन शुल्क वापत १६ लाख ८५ हजार पाँच सय रुपियाँ र वन क्षेत्रको रोयल्टी वापत १० लाख ६ हजार ६ सय ४७ रुपियाँ असुली गरिएको प्रमुख संरक्षण अधिकृत यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





