टोपलाल अर्याल
टाढाबाट झट्ट देख्दा चिनकै ग्रेट वालको झल्को दिने गरेर धुर्कोटको बुढीकोटमा एक किलोमिटर लामो पर्यटकीय पैदल मार्ग निर्माण गरिएको छ । यो पैदल मार्ग अहिले आन्तरिक पर्यटकको रोजाइँ बन्न थालेको छ । धुर्कोट गाउँपालिका–६ रजस्थलको बुढीकोटमा सङ्घीय पर्यटन मन्त्रालयको ‘एक स्थानीय तह एक पर्यटन गन्तव्य’ कार्यक्रमअन्तर्गत पर्यटन पूर्वाधार निर्माण गरिएको हो ।
बुढीकोट क्षेत्रको पैदल मार्ग निर्माणको लागि मन्त्रालयबाट तीन करोड २३ लाख रुपियाँ बजेट विनियोजन भएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले जानकारी दिए । उनले धुर्कोटको बिचित्र गुफा र धुर्कोट दरवारमा आउने पर्यटकलाई थप जोड्न पैदल मार्ग निर्माण गरिएको बताए । नजिकैको धुर्कोट कोतको पुनर्निर्माण, मन्दिर, गेट र संग्राहलयसहित सम्पूर्ण पूर्वाधार निर्माण भएका छन् ।
धार्मिक पर्यटक आउने भएकाले बुढिकोटमा शिवको मूर्तिसहितका पर्यटकीय संरचना निर्माण भएका छन् । एक रात धुर्कोटमै पर्यटकलाई राख्ने उद्देश्य आफुहरुको रहेको पोख्रेलले बताए । धुर्कोट कोत र बुढीकोट क्षेत्रबाट उत्तरका मनमोहक हिमालहरु दृश्यावलोकन गर्न सकिन्छ । बुढीकोट पदैल मार्ग मन शान्ति र आनन्दता प्राप्त गर्ने उपयुक्त स्थान बनेको स्थानीय धुर्कोट गाउँपालिका–६ रजस्थलका पुस्कर खड्काले बताए । निकै लामो, उच्च स्थानमा भएकाले आश्चर्य तथा चारैतिरको दृश्यावलोकन र सफा वातावरणले मनमा उमङ्ग पैदा हुने खड्काले बताए ।
नजिकै धुर्कोट गाउँपालिका ५ को वस्तुमा प्राकृतिक रुपमा निकै उत्कृष्ट गुफा रहेको छ । यो प्राकृतिको अनुपम उपहार हो । गुफामा कुनै कृतिमता छैन । जङ्गल र पहाडको खोँचमा करिव दुई सय मिटर लामो गुफाभित्र धार्मिक दृष्टीकोणले हेर्दा दर्जनौ आकृति छन् । जसले पुग्ने पर्यटक आश्चर्यमा पर्छन् । यो गुफा पत्ता लागेका तीन दशक बढि भए । तर, संरक्षण र उचित विकास समयमै हुन सकेन् । शान्ति प्रक्रिया पछि गुफा संरक्षणका केही काम भएका छन् । सदरमुकाम तम्घासबाट ४५ मिनेटमा बिचित्र गुफा पुगिन्छ । मदन भण्डारी राजमार्ग अन्तरगत तम्घास–सिमलटारी सडकखण्डबाट गुफा पुग्न १५ मिनेट लाग्छ । त्यस्तै धुर्कोट गाउँपालिका–४ को जैसीथोक बरबोटमा आकर्षक शहिद पार्क निर्माण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





