काठमाडौं । मधेश प्रदेशमा सत्ता समिकरण फेरिएसँगै मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमार्फत मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
जनमत पार्टी र जनता समाजवादी पार्टी नेपाल सत्ताबाट बाहिरिएसँगै हाल मधेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीको समिकरण बनेको छ । मुख्यमन्त्री यादवले बिहीबार जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका मन्त्रीहरूले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । मन्त्रिपरिषद् पुनर्गठनसँगै नेकपा एमाले पनि सरकारमा सहभागी भएको छ ।
एमालेका तर्फबाट मोहम्मद समिमलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ । उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।
मुख्यमन्त्री यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि सरकारलाई पूर्णता दिने बताएका छन् ।
हाल मधेस प्रदेश सभामा १०२ जना प्रदेश सभा सदस्य रहेका छन् । सरकारलाई बहुमतका लागि कम्तीमा ५२ जना सदस्यको समर्थन आवश्यक पर्छ ।
नयाँ सत्ता समीकरणअनुसार सरकारलाई नेपाली कांग्रेसका २२, नेकपा एमालेका २४ र नेपाल कम्युनिस्ट पार्टीका १५ जना गरी कुल ६१ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध
- नक्कली भुटानी शरणार्थी प्रकरणः सरकारी पक्षको बहस सकियो, सुनुवाइ शुक्रबार पनि जारी रहने



ट्रेन्डिङ
खबरमुकाम





