काठमाडौं । नेपाल बैंक लिमिटेड र मेधर्म क्लिनिक्सबीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीले काठमाडौंको दरबारमार्गस्थित मेधर्म क्लिनिक्सबाट उपलब्ध विभिन्न उपचार सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी तथा मेधर्म क्लिनिक्स् प्रा।लि।का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा। अनुप सुवेदीले हस्ताक्षर गरेका छन्।
बैंकले उक्त सम्झौताबाट आफ्ना ग्राहक तथा कर्मचारीहरू सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने विश्वास व्यक्त गरेको छ।
नेपाल बैंक लिमिटेडले हाल देशभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले आधुनिक बैंकिङ प्रविधिको प्रयोग, ग्राहक सेवामा सुधार तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै प्रतिस्पर्धी रूपमा आफ्नो उपस्थिति सुदृढ बनाइरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध
- नक्कली भुटानी शरणार्थी प्रकरणः सरकारी पक्षको बहस सकियो, सुनुवाइ शुक्रबार पनि जारी रहने



ट्रेन्डिङ
खबरमुकाम





