काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक श्रम संस्कृति पार्टीले बहिष्कार गरेको छ । सभापति लामिछानेले आजका लागि सिंहदरबारमा बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङ अध्यक्ष रहेको पार्टीले बहिष्कार गरेको हो ।
संघीय संसदका दुवै सदनमा देखिएको गतिरोध अन्त्यका लागि सत्तारुढ दल रास्वपाले बोलाएको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमाले प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल र वर्षमान पुन तथा राष्ट्रि प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छन् ।
बैठकका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका सभापति वा अध्यक्षसहित दुई–दुई जनालाई बोलाइएको भए पनि कांग्रेस, एमाले, नेकपाका शीर्ष नेतृत्व नगएर अन्य नेता सहभागि छन् ।
रास्वपाबाट सभापति लामिछाने, महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा तथा कानुन मन्त्री सोबिता गौतम सहभागि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध
- नक्कली भुटानी शरणार्थी प्रकरणः सरकारी पक्षको बहस सकियो, सुनुवाइ शुक्रबार पनि जारी रहने



ट्रेन्डिङ
खबरमुकाम





