काठमाडौं । गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति रुवान्डामा रहेका नेपालीहरूले दुःख व्यक्त गरेका छन् ।
बाढीमा नेपालीसहित विभिन्न देशका नागरिकले ज्यान गुमाउनुका साथै ठूलो भौतिक क्षति व्यहोर्नुपरेको घटनाप्रति दुःख व्यक्त गर्दै रुवान्डामा रहेका नेपालीहरूले पीडित परिवार तथा मातृभूमिप्रति ऐक्यबद्धता जनाएका हुन् ।
दिवंगतप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै उनीहरूले मृतकहरूको आत्माको चिरशान्तिको कामना गरेका छन् । सोही अवसरमा दिवंगतहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको छ ।
कार्यक्रममा अझै सम्पर्कविहीन तथा बाढीका कारण फसिरहेका व्यक्तिहरूको शीघ्र र सकुशल उद्धारको कामना गरिएको छ । साथै, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायहरूको प्रयास सफल होस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ ।
रुवान्डामा रहेका नेपालीहरूले विपद्को यस दुःखद घडीमा आफूहरू मातृभूमि र बाढीपीडित परिवारहरूको साथमा रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग



ट्रेन्डिङ
खबरमुकाम






