काठमाडौँ । आइसिसी यु–१९ एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत न्युजिल्याण्ड विरुद्धको खेलमा नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलोपार्क क्रिकेट मैदानमा भरखरै भएको टसमा न्युजिल्यान्डका कप्तान ओस्कार ज्यासनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिला फिल्डिङ गर्ने भएको हो ।
यु–१९ विश्वकपमा यसअघि नेपालले दुई पटक न्युजिल्यान्डको सामना गरेको छ । दुवै खेलमा नेपालले जित हासिल गरेको थियो । सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई एक विकेटले पराजित गरेको थियो भने सन् २०१६ मा भएको खेलमा नेपालले ३२ रनले हराएको थियो ।
नेपाली टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपीन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा र आकाश चन्द रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





