काठमाडौं । न्युजिल्यान्डका मध्यक्रमका ब्याटर स्नेहित रेड्डीले आईसीसी यू–१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ६० बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
उनी ६२ बलमा ५ चौकासहित ५२ रनमा क्रिजमा छन् । उनलाई कप्तान ओस्कर ज्याक्सनले ४४ बलमा २ छक्कासहित ३० रनमा राम्रो साथ दिएका छन् । एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई खेलमा फर्काउन चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै बलियो योगफलको सम्भावना देखाएका छन् ।
टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले २४ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३८ रन बनाएको छ । न्युजिल्यान्डलाई ओपनर टम जोन्स र ल्यूक वाटसनले पहिलो विकेटका लागि १०.१ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
स्पिनर सुवास भण्डारीले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरे । नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए । तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरे । उनले ४५ बलमा ५ चौका प्रहार गरेका थिए ।
१५ औं ओभरको तेस्रो बलमा दीपेश कँडेलले ओलिभर टेवाटियालाई शून्यमा क्याच आउट गराए । उनी विकेटकिपर उत्तम थापा मगरबाट क्याच हुँदै शून्यमा पेभिलिएन फर्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





