काठमाडौं । मूलपानी क्रिकेट मैदानमा चलिरहेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध सात विकेटको सहज जित निकाल्दै वाग्मती प्रदेश शीर्ष स्थानमा उक्लिएको छ । आज मूलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य वाग्मतीले १३ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको छ ।
वाग्मतीको जितमा इशान पाण्डेले ४० रन बनाएका छन् । पाण्डेले ३६ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका छन् । रविन जोशीले १६ रन थपेका हुन् ।
कर्णालीका निम्ति तीन विकेट नै दीवन पुनले लिएका छन् । त्यसअघि, टस जितेर ब्याटिङ रोजेको कर्णालीले २४.२ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रन बनाएको थियो ।
वाग्मतीविरुद्ध निरीह देखिएको कर्णालीका अर्जुन घर्तीले २३ रन बनाएका छन् । निश्चल रावलले १३ रन थपेका छन् । कर्णालीले १७ अतिरिक्त रन पाएको थियो ।
कर्णालीलाई सस्तैमा रोक्न वाग्मतीका रिजन ढकालले पाँच विकेट लिएका छन् । कृजन गुरुङले दुई र विपीन आचार्य, सूर्य तामाङ र प्रतिश जिसीले समान एक विकेट लिएका छन् ।
वाग्मतीले ६ खेलबाट आठ अंक जोडेको छ । पाँच खेलबाट चार अंकको कर्णाली तालिकाको सातौँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





