काठमाडौँ । डिएभी कलेजले आयोजना गरेको पाँचौँ डि.ए.भी. कलेज (+2) अन्तर कलेज 6 A side फुटसल प्रतियोगिता सम्पन्न भएको छ । गत शनिवार संस्थाका अध्यक्ष अनिल केडियाको उपस्थितिमा फुटसल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको हो ।
खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ ।
कलेजकै फुटसल मैदानमा उक्त प्रतियोगिता भएको हो । जसमा ४२ जना खेलाडीहरू सहभागी थिए । कार्यक्रमका प्रमुख अतिथि केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, मुख्य अतिथि नेपालका भू.पू. राष्ट्रिय फुटबल खेलाडी प्रदीप महर्जन र कलेजका प्रिन्सिपल सुमन बस्नेतले उक्त प्रतियोगिताको समुद्घाटन गरेका थिए ।
कार्यक्रमको विशेष अतिथिका रूपमा केडिया अर्गनाइजेशनका कर्पोरेट मार्केटिङ प्रमुख राजकुमार शाह, शिव शक्ति युनिफर्मका सञ्चालक/एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर अग्रवाल र ग्लोबल टचका नेशनल डाइरेक्टर निशान्त श्रेष्ठको उपस्थिति थियो ।
कलेजका प्रिन्सिपल सुमन बस्नेतले चार दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता (+2)तहको सबैभन्दा ठुलो धनराशिको प्रतियोगिता भएको दाबी गरे ।
विजेता टिम विनायक सि लाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत, शिव शक्ति युनिफर्मका सञ्चालक/एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर अग्रवाल तथा ग्लोबल टचका नेशनल डाइरेक्टरनिशान्त श्रेष्ठले संयुक्त रूपमा रु ३ लाख नगद, ट्रली र प्रमाणपत्र प्रदान गरेका थिए ।
उपविजेता टिम कुमारी एकेडेमी(KEBS)लाई रु २ लाख नगद, ट्रली र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी डिएभी कलेजका भारगव सिलवाल, उत्कृष्ट गोलरक्षक कुमारी एकेडेमीका विवेक श्रेष्ठ र उच्च गोलकर्ता विनायक सिद्ध कलेजका महेश दर्नाललाई पनि जनही नगद रु.१५,००० व्यक्तिगत ट्रली र प्रमाणपत्र वितरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





