काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई जितका लागि एक सय ९९ रनको चुनौती दिएको छ ।
मूलपानी क्रिकेटमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनको योगफल बनायो । उसका लागि शङ्कर रानाले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए । त्यस्तै अर्जुन साउदले ३२ तथा आरिफ सेखले २६ रन जोडे ।
सुदूरपश्चिमका शेर मल्लले तीन विकेट लिए भने नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान दुई दुई विकेट लिए । दीपक चन्दले एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





