काठमाडौं । नेपाली संगीत क्षेत्रकी अमर गायिका तारा देवीको स्मृतिमा श्रद्धा, सम्मान र सांगीतिक प्रस्तुतिसहित विशेष कार्यक्रम सम्पन्न भएको छ । तारा देवी स्मृति फाउन्डेसनको आयोजनामा तथा काठमाडौं महानगरपालिकाको सह–आयोजनामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा उक्त विशष समारोह सम्पन्न भएको हो ।
समारोहको सुरुआत अमर गायिका तारा देवीको तस्बिरमा माल्यार्पण गर्दै गरिएको थियो । त्यस अवसरमा उनका कालजयी गीत, नेपाली संगीतमा पुर्याएको योगदान तथा व्यक्तित्वमाथि चर्चा गरिएको थियो । त्यसपछि प्रस्तुत गरिएका विविध सांस्कृतिक तथा सांगीतिक कार्यक्रममार्फत तारा देवीको कला र सृजनालाई स्मरण गरिएको थियो ।
प्रत्यक्ष संगीत प्रस्तुति क्रममा तारा देवीका सदाबहार गीतहरू गुञ्जिँदा कार्यक्रमस्थल भावुक वातावरणले भरिएको थियो । उनका गीतहरूले दर्शक तथा श्रोताहरूलाई भावनात्मक बनाएको थियो भने नयाँ पुस्ताले पनि उनको संगीतको गहिरो प्रभाव अनुभूति गर्ने अवसर पाएका थिए । समारोहमा वरिष्ठ कलाकार किरण खरेल, संगीतकार दीपक जंगम तथा संगीतकर्मी एवं काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य विशेष अतिथिका रूपमा सहभागी थिए। अतिथिहरूले तारा देवी नेपाली संगीतको इतिहासमा कहिल्यै नमेटिने नाम भएको उल्लेख गर्दै उनको योगदान सधैँ स्मरणीय रहने धारणा व्यक्त गरेका थिए ।
समारोहकै अवसरमा नेपाली गीत–संगीतको विकासमा उल्लेखनीय योगदान पु¥याएका स्रष्टाहरूलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरूमा गीतकार माधवप्रसाद खनाल, संगीतकार शिवशंकर मानन्धर तथा चर्चित गायिका संगीता राना प्रधान रहेकी थिइन्। सम्मान ग्रहण गर्दै स्रष्टाहरूले तारा देवीजस्ता महान् कलाकारको स्मृतिमा आयोजना गरिने कार्यक्रमले नेपाली संगीतको गरिमा अझ उचो बनाउने विश्वास व्यक्त गरेका थिए।
आयोजक संस्था तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दिपक केसीले तारा देवी नेपाली संगीतकी प्रेरणादायी हस्ती भएको उल्लेख गर्दै उनका गीत, स्वर र योगदान सदैव स्मरणीय रहने बताए। यस्ता कार्यक्रमहरूले पुराना स्रष्टाको योगदानलाई उजागर गर्नुका साथै नयाँ पुस्तालाई नेपाली गीत-संगीतप्रति आकर्षित र प्रेरित गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।
कार्यक्रमले तारा देवीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली संगीतको इतिहास र यसको निरन्तरताबारे सोच्न प्रेरित गरेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध
- नक्कली भुटानी शरणार्थी प्रकरणः सरकारी पक्षको बहस सकियो, सुनुवाइ शुक्रबार पनि जारी रहने



ट्रेन्डिङ
खबरमुकाम





