काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सहभागी ४६ सांसदले मतदान गर्दा भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत परेको हो ।
प्रदेशसभामा सरकारको नेतृत्व गरिरहेको नेकपाका २० र एमालेका ११ जना सांसदले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गरे । कांग्रेसका १४ र राप्रपाका एक सांसदले विपक्षमा मतदान गरेका छन् । कांग्रेसका तीन सांसद भने बैठकमा अनुपस्थित रहे ।
नेकपा संसदीय दलका नेता भट्ट गत शुक्रबार सुदूरपश्चिमको पाँचौँ मुख्यमन्त्री नियुक्त भएका थिए । एमाले र नेकपाबीच सत्ता साझेदारीमा सहमति भएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
सरकार अल्पमतमा परेपछि कांग्रेसका कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि एमालेको समर्थनमा भट्ट मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग



ट्रेन्डिङ
तुलसी बाँस्कोटा






