काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सरकार निर्माणमा आफ्नो पार्टीको समर्थन रहेको भन्ने समाचारको खण्डन गरेको छ । राप्रपा केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै सरकार निर्माणमा पार्टीको सहमति रहेको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो ।
पार्टीका अनुसार गत साउन २० गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकार निर्माणका कुनै पनि ‘गणितीय चलखेल’मा सहभागी नहुने निर्णय गरेको थियो । त्यस्तै, भदौ १ गते बागमती प्रदेश संसदीय दललाई सरकार निर्माणको प्रक्रियामा तटस्थ बस्न निर्देशन दिइएको थियो ।
तर, पार्टीको निर्देशनविपरीत संसदीय दलका नेताले सरकार निर्माणमा समर्थन गर्दै हस्ताक्षर सार्वजनिक गरेको भन्दै राप्रपाले त्यसलाई गम्भीर अनुशासन उल्लंघन भनेको छ । यस विषयमा पार्टीको अनुशासन समितिले आवश्यक प्रक्रिया अघि बढाइसकेको राप्रपाले जनाएको छ ।
बागमती प्रदेशमा सरकार निर्माणका लागि राप्रपाका सांसदहरूको समर्थन रहेको भन्दै प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा पार्टीको आधिकारिक समर्थन नरहेको राप्रपाले स्पष्ट पारेको छ । उक्त पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध गर्दै पत्राचारसमेत गरिसकेको पार्टीले जनाएको छ ।
प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा पार्टीको निर्णय र नीतिबारे भ्रममा नपर्न सदस्य, शुभेच्छुक तथा आम जनसमुदायलाई आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग



ट्रेन्डिङ
तुलसी बाँस्कोटा






