राममणि दाहाल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाल बहुसांस्कृतिक विविधताले भरिपूर्ण एक सुन्दर राष्ट्र भएको बताएका छन् । नेपाली हिन्दुहरूको महान् पर्व तिहार, २०८२, नेपाल सम्वत् ११४६ र छठ पर्वको अवसरमा सोमबार शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
नेपालमा आफ्नै मौलिकता तथा मूल्य मान्यताहरू छन् । विविधतायुक्त विशेषताहरू बिचको एकता हाम्रो सांस्कृतिक धरोहर हो भन्दै सबै जाति, भाषा, संस्कृति र सभ्यताहरूको संरक्षण र विकास गर्नु हाम्रो दायित्व भएको शुभकामना सन्देशमा उल्लेख छ ।
तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँपछिको सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्व भएको भन्दै उनले शुभकामना सन्देशमा भनेका छन्, ‘यस पर्वको मुख्य विशेषता भनेको मानव र पशुबिचको प्रगाढ सम्बन्धलाई सम्मान गर्नु, दीपावली अर्थात् घरघरमा दियो, बत्ती बालेर देवी लक्ष्मीको पूजा गरी सुख–समृद्धि र उज्यालोको कामना गर्नु, भाइटिकामार्फत दाजुभाइ तथा दिदीबहिनीबिचको आत्मीय एवम् पवित्र स्नेहलाई गहिरो र चिरकालसम्म कायम राख्नु हो ।’
तिहारका विशेषताहरूमध्ये विशेष आकर्षकको रूपमा गाई पूजा गरी देउसी भैलो खेल्ने प्रचलनले मौलिक संस्कृति संरक्षण गर्ने अर्को महत्त्वपूर्ण कडीका रूपमा पनि यो पर्वलाई हेरिन्छ । नेवार समुदायले म्ह पूजा गरी आत्मा शुद्धि गर्ने चलन, परिवारको कल्याण र व्यक्तिगत दुःख कष्ट हटेर जाने विश्वासका साथ सूर्य देवता र छठी माताको पूजा अर्चना गर्ने यी पर्वहरूको महत्वपूर्ण पक्ष हो शुभकामना सन्देशमा भनिएको छ ।
तिहार लगायतका हाम्रा सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएका छन् । बागमती प्रदेश सरकार अभिभावकत्वको भूमिकामा रही सम्बन्धित सरोकारवालासँग अझ विशेष स्थानीय तहसँग समन्वय गरी राष्ट्रिय गहनाको रूपमा स्थापित भएको चाड पर्व तथा संस्कृतिको जगेर्ना गर्न दृढ रहेको मुख्यमन्त्री बानियाँले शुभकामना सन्देशमा भनेका छन् ।
शुभ दीपावली अर्थात् तिहारलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रूपमा मनाउन उनले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





